Monday, 22 September 2008
Sunday, 21 September 2008
Wednesday, 17 September 2008
Saturday, 13 September 2008
इन्दिरालाई स्वर्ण
Click here
इन्दिरालाई स्वर्ण
काठमाडौं, भदौ २७ - पाँचौं दक्ष्ािण एसियाली जुडोको पहिलो दिन शुक्रबार नेपालका लागि इन्दिरा राईले स्वर्ण पदक जितेकी छन् । इन्दिराले फाइनलमा भारतकी सुइबलादेवी हुइड्रोमलाई हराइन् । भारत सात स्वर्ण र एक रजतसहित शीर्ष स्थानमा छ ।
नेपाल एक स्वर्ण, छ रजत र दुई कांस्यसहित दोस्राे स्थानमा छ । तेस्राे स्थानमा रहेको अफगानिस्तानले एक स्वर्ण र एक रजत जितेको छ । यस्तै श्रीलंकाले एक रजत र दुई कांस्य पदक जितेको छ । पुरुषको ७३ केजीमुनिको खेलमा भारतका कुल्दीप कुमारले नेपालका राजबहादुर चन्दलाई पराजित गरी स्वर्ण जिते ।
श्रीलंकाका वाल सेनिभेरत्ने तेस्रो भए । पुरुषको ८१ केजीमुनिमा भारतका याइमा सिंह पहिलो भए । उनले फाइनलमा अफगानिस्तानका नजिबुला ओमार खिललाई हराए । नेपालका श्रीमान मकाजुले तेस्रो स्थानमा चित्त बुझाए । पुरुषको ९० केजीमुनिमा भारतका राजेन्द्र सिंहले स्वर्ण हात पारे ।
राजेन्द्रले श्रीलंकाली प्रतिद्वन्द्वी पी.जी. गुनसेगेरालाई पाखा लगाए । अफगानिस्तानका हसिफ युसुफ र नेपालका कालुमान तामाङ संयुक्त रूपमा तेस्रो भए । पुरुषको १०० केजीमुनिमा अफगानिस्तानका तफिक बखासीले नेपालका कुलबहादुर रावललाई निराश पार्दै स्वर्ण जिते ।
महिला ४४ केजीमुनिमा भारतकी ओकाराम विद्यालक्ष्मीले नेपालकी कौशल्या राईलाई हराएर पहिलो स्थान कब्जा गरिन् । महिलाको ४८ केजीमुनिमा भारतकी संगीतादेवी युम्नामले नेपालकी राधादेवी राईलाई पराजित गरी स्वर्ण जितिन् ।
महिलाको ५७ केजीमा भारतकी कल्पनादेवी थउदामले बाजी मारिन् । कल्पनाले फाइनलमा नेपालकी सुनिता मगरलाई पन्छाइन् । महिलाको ६३ केजीमा भारतकी गरिमा चौधरी अगाडि रहिन् । उपाधि भिडन्तमा गरिमाले बेइजिङ ओलम्पिकको अनुभव संगालेकी नेपालकी देवु थापालाई स्तब्ध परिन् ।
त्यस्तै महिलाको ७० केजीमा नेपालकी इन्दिरा राईले पहिलो स्थान हात पार्दै नेपाललाई पहिलो स्वर्ण दिलाइन् । दुईदिने प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका र अफगानिस्ताका २२ पुरुष तथा १७ महिला गरी ३९ खेलाडी सहभागी छन् । प्रतियोगितामा पुरुष र महिलातर्फ ७-७ स्पर्धा समावेश छन् ।

Monday, 1 September 2008
Subscribe to:
Posts (Atom)